१ कात्तिक २०७७                                               शनिबार  पनि ओखलढुंगामा पोखरीमा डुबेर ७ वटा बाँदर मरेका छन् । स्थानीयका अनुसार जिल्लाको सिद्धिचरण नगरपालिका-५ सानीटारमा शनिबार थप ७ वटा बाँदर मरेका हुन् ।

शुक्रबार पनि सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । शुक्रबार डुबेकामध्ये १२ वटालाई भने स्थानीयले जीवितै उद्दार गरेका थिए । तर, आज शनिबार पनि थप सात वटा मरेका स्थानीयले बताए

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

योसंगै दुई दिनको अवधिमा पोखरीमा डुबेर २९ वटा बाँदर मरेका छन् ।  बाँदर दैनिक पानीमा डुवेर मर्न थालेपछि पोखरीको पानी खोलेर खाली गरिएको छ ।

सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत समेत गरिएको छ । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर