२९ असोज २०७७, बिहिवार
कोशी अस्पताल विराटनगरमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुष र सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जना केहि दिन अगडि मात्र अस्पतालमा भर्ना भएका थिए भने दुवैजना दिर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।