देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् ।

सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।


गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा समेत आधुनिक सञ्चार सेवा पुग्न नसकेको गाउँपालिका महासङ्घले जनाएको छ ।

बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारि क्षेत्रमा प्रदेश १ को माथिल्लो सङ्खुवासभा र उदयपुर तथा खोटाङको सुनकोसी क्षेत्रमा पनि नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाको प्रशासनिक केन्द्रहरू वञ्चित भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मङ्गलबार भर्चुअल पत्रकार सम्मेलन गरी उक्त जिल्लाका गाउँपालिकामा इन्टरनेट र टेलिफोनको पहुँच नपुगेको जनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर