
बाँके, २०७७ असोज २६
खजुरा गाउँपालिका-८ रनियापुर चमकदारपु बस्ने ४५ वर्षीय चुन्नी खाँ लगायत ३ जनालाई गाई काटेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले गाई काटिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई ७ किलो मासु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।