
२०७७ असोज २६ गते
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा, गोरखा नगरपालिका-६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक महिलालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नकालागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।