काठमाडौं,  २०७७ असोज २६ 

 झापा, मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १ सय ५७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-७ बस्ने ३५ वर्षीय सुवाश दर्जी र सोही नगरपालिका-८ बस्ने ३५ वर्षीय संजिव राजवंशी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, सशस्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट विभिन्न नियन्त्रित लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-६ लेकसाईड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, लमजुङ बेसिसहर नगरपालिका-८ सेराफाट घर बताउने ३६ वर्षीय नबराज थापा र पोखरा महानगरपालिका-६ लेकसाईड बाराहीमार्ग डेरा गरी बस्ने ३४ वर्षीय सबिन पहारी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाई राखेको नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ४०एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १ सय २० चक्की सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा सबिन पहारीको डेराबाट नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको उक्त व्यूरोले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार