
२४ असोज २०७७, शनिवार
“न होला हर्ष दुई चार बर्ष ” बिदेशीदा यो भाब सबैलाइ आउँछ । तर बिदेशिनु बाध्यता जस्तै भएको छ । यहि कुरा समेटिएको बिषय बस्तुमा आधारित गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सर्जक टेक खत्रिको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् । पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन्। गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्स नेपालले सार्बजनिक गरेको उक्त भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ । मन्जु श्री र पुनम रेकर्डिङ स्टुडियोमा तयार भएको यो गितमा ध्वनी सम्पादनको काम महेश बिक्रम पाण्डेले गरेका छन । उक्त भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफि ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको हो। भिडियोको सम्पादन अमृत चापागाँईले गरेका छन् । सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक खड्काको यो गीतले छोटोसमयमा नै धेरै चर्चा पाईसकेको छ।