२०७७ असोज २३
कोहलपुर नगरपालिका-२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको   छ ।
पक्राउ पर्नेहरूमा मुगु खडेरा गाउँपालिका-७ बस्ने २५ वर्षीय गगन प्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन् । उनीहरुले कस्तुरीको बिना राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार