
२३ असोज २०७७, शुक्रवार
गायक महेश विक्रम पाण्डे र गायिका एलिना चौहानको दशैगीत “आयो दशै ” युटुव मार्फत सार्वजनिक भएको छ । प्रदिप प्रखर पोखरेलको शब्दलाई पुजा गुरुङको संगीतले निकै मिठो वनाएको छ ।रामेश्वर ढकालको छायाँकन रहेको गीतको म्यूजिक भिडियोलाई गायक पाण्डेले नै सम्पादन गरेका छन् । मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री तथा मोडल अनिता गिरीको साथमा अनुप श्रेष्ठ, हरिष भण्डारी, आकाश रोकाया, डीएन श्रेष्ठ, पवन कुँवरको अभिनय रहेको छ ।
गीत सुन्न र हेर्नको लागि तल क्लिक गर्नुहोस