२७ साउन २०७७
पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सामा एक युवक मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–६ मस्याम जन्तीलुङ घरभई झुम्सामा बस्दै आएका २४ वर्षीय इन्द्रबहादुर लम्तरी मृत भेटिएका हुन् । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरज श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक लम्तरीको घाँटीमा निल डाम र खुट्टामा रगतका छिटा देखिएको छ । मृतक युवा टिपर सह–चालक हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर