
२० असाेेेज २०७७, जहोवार्ट – नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा प्रदर्शन हुने भएको छ । एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा चलचित्र प्रदर्शन हुने भएको होे । अहिलेको अवस्था जे जस्तो भएपनि यस विषम परिस्थितीबाट माथि उठनुपर्छ भन्ने सकारात्मक सन्देश दिने गरी चलचित्र प्रदर्शन गर्न लागिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए । सेप्टेम्बर २० गते स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु हुने छ । हलमा २ सय जनाको सिट रहने छ जहाँ सामाजिक दूरी कायम गरी ५० जना मात्र राखिनेछ ।
दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।