२७ साउन २०७७
दाङको घोराही उपमहानगरपालिका वडानम्बर ७ले ३६ घरलाई निशुल्क टिन उपलब्ध गराएको छ । नगर प्रमुख नरुलाल चौधरी र वडा अध्यक्ष खोपीराम चौधरी सहितका जनप्रतिनिधीहरुले टिन हस्तान्तरण गरेका हुन । नगर र वडाको १४ लाख रुपैयाँको लागतमा एक सय ७३ बण्डल टीन खरीद गरेर वितरण गरिएको हो । खरको घरवाट टिनको छाना वनाउने अभियान अन्तरगर्त टिन वितरण गरिएको हो । अझै वडामा ९३ घरधुरी खरको छानो छन ।
टिन वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आगलागीबाट हुने जोखिम हटाउन र नागरिकहरुलाई सुरक्षित बनाउन खरको छानो मुक्त अभियान थालेको बताउनुभयो ।
वडा नम्बर १६ यस अघि नै खरको छानो मुक्त भैसकेको र अन्य वडाहरुमा पनि अबको दुईबर्षमा सबैको घर खरको छानो मुक्त हुने उल्लेख हुने उपमहानगरपालिकाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर