२० असोज २०७७
पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।
बेलायतमा रहेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले पठाएको दुई लाख नेपाली रुपियाँ पाल्पा जिल्ला समाज यू.के.का प्रतिनिधिहरु इन्द्र बहादुर थापा, बृहस्पति राना र पाल्पाका केही पत्रकारहरुले घटनास्थलमै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त रकम पहिरोमा ज्यान गुमाएका हुम बहादुर गाहाको परिवारलाई एक लाख, खुमिसरा आलेको परिवारलाई पचास हजार र मोतीसरा गाहाको परिवारलाई पचास हजार गरी जम्मा दुई लाख सहयोग गरेको पाल्पा जिल्ला समाज यू.केका पूर्ब अध्यक्ष एबम् आर्थिक सहयोग कार्यक्रमका संयोजक बम थापा सुर्यबंशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर