
१९ असाेज २०७७, प्रथम गोर्खा भि सि विजेता हवल्दार कुलबिर थापामगरको शालिक निर्माणार्थ चालिएको अभियानको निम्ती बेलायतमा सहयोग रकम प्राप्त भएको छ । निर्माण परियोजनाका प्रवक्ता ओम थापाका अनुसार शनिवार यूकेको फानब्रो स्थित रशमोर बर्रों काउन्सेल अफिसको प्राङगणमा एक कार्यक्रममा अभियानलाई साथ दिदै शालिक निर्माणकोे निम्ती गठन गरिएको समितिका कोषाध्यक्ष टोप पल्लीको नेतृत्वमा संकलित १ हजार १ सय ११ पाउण्ड ११ सेन्ट हस्तान्तरण गरिएको होे । रकम महासचिव बीर बलाल, कार्यसमितीका सदस्य भक्त बलाल, समाजका सस्थापक अध्यक्ष सल्लहाकार तथा परियोजनाका प्रवक्ता ग्रेटर रशमोर नेपाली कम्युनिटीका पुर्वअध्यक्ष ओम थापा काउचा, सल्लाहाकार के.रि.टाम ढेगा, आजिवन सदस्य तथा जि.एम.पी.प्रोजेक्टका प्रमुख सयोजक मे.रि.खिम गौचनको सहभागीतामा उक्त रकम कम्युनिटिका अध्यक्ष रामधन राई तथा जि.एम.पी.प्रोजेक्ट टिम लाई हस्तान्तरण गरिएको थियो । प्रवक्ता थापाले समाजका अन्य सक्रिय सदस्यहरूले पनी आफ्नो व्यक्तिगत तथा संस्थागत रुपमा अभियानको निम्ती हालसम्म १३ हजार ५ सय पाउण्ड सहयोग गरेको जानकारी दिए ।