१९ असाेज २०७७, बुटवल                                     प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्ताव प्रदेश सभामा पेश भए लगत्तै चर्किएको आन्दोलन बुटवलमा आज पनि जारी छ । प्रदर्शनमा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको छ ।

तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे , बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा आचार्य, देवदह नगरपालिकाका मेयर हिरा केसीले सोमबार बिहानको प्रदर्शनलाई सम्बोधन गरेका छन् । उनीहरुले बुटवलबाट राजधानी दाङ सार्ने मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुपन्देही जिल्लाका असन्तुष्ट नेता, प्रदेशसभा सांसद र कार्यकर्ताहरु समेत प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् । प्रशासनले प्रदेश सभा, मुख्य मन्त्रीको कार्यलय आदिमा कडा सुरक्षा प्रवन्ध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर