२७ साउन २०७७
एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन् ।
उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए ।
पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए ।
तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, “स्थिति नियन्त्रणमा छ ।
उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए । उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ ।
ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे ।
पत्रकार सम्मेलनको बीचमै ट्रम्पलाई जानकारी दिँदै अमेरिकी सिक्रेट सर्भिसका एजेन्ट
पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन सम्मेलनस्थल फर्केका थिए ।
उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए ।
अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको जनाएको छ । विविसिवाट

प्रतिक्रिया

सम्बन्धित खवर