१९ असाेज २०७७,                                            साविक लुम्बिनी अञ्चल बन्द स्थगन भएको छ । बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका संघ–संस्थाहरुले आजको लागि साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरे पनि अचानक स्थगन गरेका हुन् ।

बन्द स्थगनपछि आज बुटवलको पुष्पलालपार्कमा भेला भई बिहान ठिक ९ बजे प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम मात्र रहेको संघर्ष समितिका संयोजक खेमबहादुर हमालले बताए । बन्दको हल्लापछि विहानैबाट बजारमा चहलपहल पनि कम भएको थियो । बन्दको हल्लाले विहान चल्ने लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भए

प्रतिक्रिया

सम्बन्धित खवर