धनुषा, २०७७ साउन २६ गते
जनकपुर उपमहानगरपालिका(१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका(३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर