१८ असाेज २०७७, काठमाडौं– साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको हो।

२०९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो। हैदराबादका लागि कप्तान डेभिड वार्नरले ४४ बलमा ६०, मनिष पाण्डेले ३०, जोनी बैरस्टवले २५ र अब्दुल सामदले २० रन बनाएपनि टिमको हारलाई जोगाउन सकेनन्

प्रतिक्रिया

सम्बन्धित खवर