२०७७ असोज १८
ईटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोबाट भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको खुल्ला सुर्ति १ हजार २ सय किलो सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-१ बस्ने ३६ वर्षीय ज्ञानु कार्की, सुनसरी भोक्राहा-९ बस्ने २२ वर्षीय पर्बत पोदार रहेका छन् । ईलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरीले बा.२ ख २७४१ नम्बरको ट्रक जाँच गर्ने क्रममा भारत बाट लुकाई छिपाइ ल्याउँदै गरेको उक्त सुर्ती सहित फेला पारी ट्रक चालक कार्की र सुर्ती धनि पोदारलाई पक्राउ गरेको हो । साथै को.५ प ४३९८ नम्बर र को.१४ प ७०२३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर