१८ असोज २०७७, आइतवार
ईनरुवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकबाट एकसय एमएल लेखिएको १ सय ४० बोतल डाइलेक्सी डिसी, ३ हजार ९ सय ६० क्याप्सुल स्पास्मो प्रोक्सीभन प्लस र १ हजार ३ सय ५० ट्याब्लेट नाइट्राभेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईनरुवा नगरपालिका-२ डेरा गरी बस्ने दुहबी नगरपालिका-१० घर भएका २६ वर्षीय दिपक कुमार यादव र हरिनगर गाउँपालिका-६ बस्ने ३४ वर्षीय सहिद मिया रहेका छन् । उक्त सडक छेउको झाडीमा लागूऔषध लुकाई छिपाई राखेका भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसै सुनसरी, कोशी गाउँपालिका-३ नहरचौकबाट ४५ बोतल डाइलेक्स डिसी, ३ सय २८ ट्याब्लेट स्पास्मो प्रोक्सीभन सहित सोही गाउँपालिका-४ बस्ने २८ वर्षीय कमरुदिन मियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर