
१८ असोज २०७७, आइतवार
नवलपरासी-पूर्वी नवलपरासीको कावासोतीमा आइतबार विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ ।
कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिलाको कान काटेर गहना लुटिएको प्रहरीले जनाएको छ ।
लुटेराको खोजी भैरहेको छ । पीडित महिलाका श्रीमानका अनुसार लुटेराले कान काटेर कानका दुई वटा रिङ्ग लुटेर लगेको जानकारी दिए ।
महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।