१८ असोज २०७७, आइतवार

डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।  शनिबार राति मध्यपुर ठिमी नगरपालिका-७ १८ सिद्धिकालीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ

प्रतिक्रिया

सम्बन्धित खवर