
१८ असोज २०७७, आइतवार
मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९३ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ भने १२ हजार ३८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ६७ जना डिस्चार्ज भएपछि १० हजार २१६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १ हजार ९६१ जनामा सक्रिय संक्रमण रहेको छ ।