१८असाेज २०७७,एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार राति भएको खेलमा लिड्स युनाइटेडबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

लिड्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले अंक बाड्न बाध्य भयो ।

खेलको १७औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै रोड्रिगोले गोल गरेका हुन् ।

लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ । सिटी लिगको दशौँ स्थानमा रहेको छ । लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर