१७ असाेज २०७७ ,  निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीले मिलेर ‘दर्पण छायाँ’ को वास्तविक सिक्वेल निर्माण गर्दैछन् । कोरोना महामारीपछि छायांकन सुरु हुने फिल्मका लागि अभिनेता प्रधानले स्क्रिप्ट लेखिरहेका छन्
‘दर्पण छायाँ’ जहाँ अन्त्य भएको थियो, त्यहीबाट सिक्वेल सुरु हुनेछ । फिल्मको नाम ‘दर्पण छायाँ पछि’ राखिएको छ । यसअघि फिल्मको निर्देशन तुलसी घिमिरेले गर्ने खबर बाहिरिएको थियो । तर, उनले ‘दर्पण छायाँ’ को सिक्वेल निर्देशन नगर्ने भएका छन् । अभिनेता उत्तम प्रधान आफैंले स्क्रिप्टसँगै फिल्म निर्देशनको अभिभारा लिएका छन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।
उनका अनुसार, फिल्मको स्क्रिप्टमा निर्देशक घिमिरेले सघाएका छन् । उत्तमले फोन संवादमा भने- ‘फिल्मको निर्देशन मैले गर्दैछु । कलाकारमा म, दीलिप र निरुता हुनेछौं । ‘दर्पण छायाँ’ जहाँ सकिएको थियो, त्यहीबाट २० वर्षपछिको कथालाई जोडिनेछ ।’ अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । उनी फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर