फिल्म ‘शुभ मंगल ज्यादा सावधान’, ‘बाघी ३’, ‘लभ आजकाल’ लगायत फिल्म प्रदर्शन हुँदा हुदै कोरोना भाइरसको संक्रमरण रोक्न सरकारले लकडाउन गर्यो । जसका कारण फिल्म एकाएक प्रभावित भए भने हलहरू प्रभावित बने ।  भारतकै महाराष्ट्र सरकारले फिल्म हल तत्काल नखुलाउन आदेश दिएको छ । महाराष्ट्र सरकारले आगामी अक्टोबर ३१ भन्दा अगाडी फिल्म नखोल्न निर्देशन दिएको छ । भारतमा केहि निर्माताहरुले डिजिटल सिस्टमबाट फिल्म प्रदर्शनमा ल्याइसकेका छन् ।

उनीहरुले अव कोरोना भाइरसको संक्रमण तत्काल नरोकिने भन्दै डिजिटल सिस्टमबाट प्रदर्शनमा ल्याएका थिए । थोरै निर्माता मात्रै फिल्म हल पर्खेर नै फिल्म प्रदर्शन गर्ने मुडमा देखिएका थिए । प्रतीक्षारत् फिल्महरूमा ‘८३’, ‘सूर्यवंशी’ लगायत रहेका छन् । जो हल कुरेर बसेका छन् । फिल्म हल चल्ने वितिक्कै दर्शक हलमा आउँछन् की आउँदैनन् भन्ने कुरामा हलवाला दुविधामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर