गोरखा सिरानचोक गाउँपालिकाका २९ वर्षीय एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना देखिएसँगै गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
‘उहाँमा रुघा खोकीको समस्या देखियो, अनि पिसिआर गराएका थियौं,’ उनले भने, ‘पोजेटिभ रिर्पोट प्राप्त भएको छ । त्यसैले अहिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं ।’ यो वीचमा उनको सम्र्पकमा आएका हुनसक्ने मानिसहरुको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्ने गाउँपालिकाको तयारी छ । । गाउँपालिकाका सबै कर्मचारी र जनप्रतिनिधि होमक्वारेन्टिनमा बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर