
१४ असोज २०७७, बुधवार
स्वर्गीय कलाकार तथा निर्माता केसव भट्टराईको परिवारलाई ३३ लाख ३७ हजार आर्थिक सहयोग गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित एक समारोहका बिच भट्टराईकी श्रीमती नीता भट्टराईलाई सहयोग प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा ‘केशव भट्टराई परिवार सहयोग समिति’ समेत गठन भएको थियो । सोही समितिको पहलमा संकलित रकम अहिले भट्टराइको श्रीमतीलाई प्रदान गरिएको हो ।
कार्यक्रममा राजकुमार राई, बोड अध्यक्ष दयाराम दाहाल र कलाकार नीर शाह, बशुन्धरा भुषाल लगायतले स्वर्गीय भट्टराईको सम्झना गरेका थिए ।