१४ असोज २०७७, बुधवार
नेपालमा डिजिटल भुक्तानीको व्यवस्था थालनी गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । कुनै पनि कम्पनीको सूचना सुरक्षा व्यवस्थापनको मजबुतीलाई जाच्ने मूख्य आधार नै आइएसओलाई चिनिन्छ ।
प्रमाणपत्र प्राप्त गरेसंगै इसेवाका सेवा र यसले प्रयोग गर्ने प्राविधिक संरचना गुणस्तरीय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुराको पुष्टि गरेको कम्पनीले दावी गरेको छ ।
आइएसओबाट प्रमाणित भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सुचना प्रणाली सम्बन्धी ग्लोबल बेन्चमार्क आइएसओ २७००१ तोकेका मापदण्डहरु पालना गर्दै यो प्रमाणपत्र प्राप्त गर्नु हामी, हाम्रा ग्राहक, एजेन्ट नेटवर्क, बैंक तथा बित्तीय संस्थाहरू, सेवा प्रदायक संस्था लगायत सम्पुर्ण सरोकारवालाको लागी खुशीको कुरा हो । यो आइएसओबाट सर्टिफाइड भएसँगै हाम्रो सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुराको थप पुष्टि भएको छ । आइएसकोको यो प्रमाणपत्र प्राप्त गरेसँगै इसेवाले सूचना सुरक्षा प्रणाली व्यवस्थापनमा निर्माण गरेको संरचना विश्वस्तरिय रहेको थप पुष्टि भएको कम्पनीको भनाइ छ । ईसेवाको खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर