असाेज १४, सल्यान
सल्यानकाे शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुल्सीराम रावत केहि दिनदेखी परीवारको सम्पर्क विहिन भएको घटनालाई आफ्नो पार्टीसँग जोडेर हल्ला फिजाईएको भन्दै विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले घटनाप्रति गम्भीर ध्याणकर्षण भएको जनाएको छ ।
मंगलवार सेक्रेटरी तुफान द्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले वडाध्यक्ष रावत असोज ११ गतेदेखी वेपत्ता भएको खवर सुनिएको र घटनालाई नेपाल कम्युनिष्ट पार्टी सँग जोडेर हल्ला फिजाईएकोले भन्दै त्यस्ता निरर्थक हल्लाको पछि नलाग्न र प्रहरी प्रशासनलाई उत्तेजित नहुन अनुरोध गरेको हो ।