१४ असोज २०७७, बुधवार

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले थापालाई संचालक पदमा  नियुक्ति गर्दै उनलाई नै अध्यक्ष चयन गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

थापा हाल नेपाल बंगलादेश बैंकमा सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकको रुपमा छन् । सिनर्जीमा  उनको १५ हजार  कित्ता शेयर छ ।

कम्पनीमा स्थापनाकालदेखि  विष्णुराज अधिकारी अध्यक्ष थिए ।  अधिकारीले आफ्नो कार्य व्यस्तताको कारण देखाउदै संचालक र अध्यक्ष दुवै पदबाट राजिनामा दिएपछि कम्पनीले नयाँ अध्यक्ष चयन गरेको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर