सागर भण्डारी,गुल्मी

१४ असोज २०७७, बुधवार

मुसिकोट नगरपालिका वडा नं २ रातचौर बस्ने चुमानसिहं खत्रीको घर निर्माणका लागि सकंलित रकम हस्तान्तरण गरिएको छ । अविरल वर्षासगैं पहिरोले आफ्नो थातथलो गुमाएका खत्रीलाई टेलिभिजन कार्यक्रम मार्फत रकम सकंलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।

जीटिभि युटुब च्यानल र बीटिभि गुल्मीबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथा हेरेर देश विदेशबाट आएको सहयोग रकम कार्यक्रमका सञ्चालक दिपक नेपाली र सहयोगी महेन्द्र कौषलले खत्रीलाई हस्तान्तरण गर्नुभएको हो । सघंर्षका कथा मार्फत खत्रीको वास्तविक अवस्थाका बारेमा सञ्चालक नेपालीले बनाएको भिडियो सामाग्री देखेपछि देश विदेशबाट सकंलित २ लाख ७८ हजार २ सय ३२ रुपैयाँ चुमानसिहंको घरमै गएर हस्तान्तरण गरिएको बताईएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक नेपालीले खत्रीको अवस्थाबारे आफुले निर्माण गरेको भिडियो हेरेर देश विदेशबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त रकमले घरबास गुमाएका खत्रीको घर निर्माणमा ठुलो सहयोग हुने भन्दै विदेशमा रहेर पनि स्वदेशको दुःख र पीडा आफ्नै ठानेर रकम पठाएको भन्दै आभार व्यक्त गर्नुभएको थियो ।

नेपालीले उत्पादन गरेको कार्यक्रम संघर्षको कथा हेरेर जापनमा रहनु भएका यमु पछाइँ र तुल्सिराम काफ्लेले सहयोगको अभियान संचालन गर्नुभएको थियो । उक्त अभियान मार्फत यमु पछाइले सकंलन गरेको २,३८,६९१ रुपैयाँ र तुल्सिराम काफ्लेले सकंलन गरेको ३९,५४१ रुपैयाँ हस्तान्तरण गरिएको हो । युटुबमा कार्यरत संचारकर्मी दिपक नेपालीले करिब एक बर्ष अगाडि देखी सङ्घर्षको कथा कार्यक्रमबाट धेरै मानिसलाई सहयोग गर्दै आउनुभएको छ । केही वर्ष पहिले उहाँले नेपालबाटै निमूल भएको कुष्ठरोगका एक विरामीको अवस्थाबारे भिडियो बनाएर उहाँलाई पुर्नजीवन दिनुभएको थियो । त्यस्तै अहिले उहाँकै कार्यक्रम मार्फत सहयोगीमनहरुले देश विदेशबाट सहयोग गरेपछि कयौँको ज्यान जोगिएको छ भने कयौँ आर्थिक अभावका कारण पढ्न नपाएकाहरुले पढ्न पाएका छन् । त्यस्तै कयौँको घर निर्माण भएको छ ।

सघंर्षका कथा कार्यक्रम सञ्चालक नेपालीले आफुले कार्यक्रम उत्पादन मात्रै गरेको भन्दै देश विदेशबाट कार्यक्रम हेरेर सहयोग गर्ने सम्पूर्ण दर्शकनै धन्यवादका पात्र भएको र उहाँहरु कै कारण धेरैले पुर्न ः जीवन तथा कयौँले राहत पाएको बताउनुभयो ।साझा नेटवर्कवाट

प्रतिक्रिया

सम्बन्धित खवर