१४ असोज २०७७, बुधवार

अत्तरिया, गौरीफन्टा नाका बिहान ६ देखि राति ८ बजे सम्म खोल्ने निर्णय गरिएको छ । यसअघि बिहान १० देखि ५ बजेसम्म खुला गरिदै आएको गौरीफन्टा नाका गए राति १२ बजेदेखि लागु हुने गरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय भएको हो ।

मालबाहक साधनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय पर्याप्त नभएकाले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कैलाली उद्योग बाणिज्य संघको पहलमा सोमवार सोही सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, मन्त्रालयका सचिब, सहसचिव, कैलाली र कंचनपुरका प्रमुख जिल्ला अधिकारीहरु, कैलाली भन्सार प्रमुखसंग कैलाली उद्योग बाणिज्य संघले छलफल भएको थियो ।

संघको आग्रहपछि आन्तरिक मामिला मन्त्री शाहको निर्देशनमा कञ्चनपुर प्रशासनले नाका बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर