१४ असोज २०७७, बुधवार

नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे भनेर प्रचार गरिएका कुश्मा नगरपालिका वडा न १ पाङका युृवाहरु पुनः नेकपामा नै फर्किएका छन् ।  कुश्मा नगरपालिका वडा न १ पाङमा आयोजीत एक कार्यक्रमका वीच नेकपा कुश्मा नगरकमिटिका अध्यक्ष  शंकर गिरीले उनीहरुलाई टिका तथा खादा लगाई पुनः पार्टीमा फिर्ता गरेका हुन् ।

नेपाली कांग्रेसले विभिन्न प्रलोभन देखाउँदै पार्टी प्रवेश गराएको भन्दै युवाहरुले असन्तोष जनाएका थिए । कार्यक्रममा नेकपा नेताहरु भि नेपाली, शंकर रिजाल लगाएतले नवआगन्तुकलाई स्वागत गरेका थिए । सो अवसरमा अनिस परिया, अजित परियार, नविन परियार, सञ्जय परियार, असिम परियार र दिनेश परियार लगाएतका युवाहरु नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर