 
							१४ असोज २०७७, बुधवार
लक डाउन अवधिभर जिल्लामा २६ जनाले आत्महत्या गरेका छन् । १३ जना पुरष र १३ जना महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२३ जनाले झण्डिएर, २ जनाले हाम फालेर र १ जनाले बिष सेवन गरेर आत्महत्या गरेको केन्द्रकी प्रमुख प्रहरी निरिक्षक सिमोन धितालले बताइन् । उनका अनुसार आत्महत्या गर्नेमा तीन जना बालबालिका छन् भने अरु ४० देखि ६० उमेर समूहका रहेका छन् ।४० देखी ६० उमेर समूहका व्यक्तिहरु भने डिप्रेसन वा घरायसी विवादका कारण आत्महत्या गर्ने गरेको उनले बताइन् ।
जनप्रतिनिधी, स्थानीयवासी, संघसंस्था लगायतका सरोकारवालासँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिइन् । परामर्श केन्द्र नहुँदा पनि समस्या भएको उनको भनाइ छ । अभिभावकहरु पनि जिम्मेवार हुनुपर्ने उनले बताइन् । ‘परामर्श मात्र दिन सके पनि आत्महत्या दर घट्छ,’ उनले भनिन् ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com