१३ असोज २०७७, मंगलवार

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हट्सपर र लन्डन क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे हुनेछ ।

चेल्सीले च्याम्पियनसिप क्लब बार्न्सलीमाथि ६–० को फराकिलो जित निकाल्दै चौथो चरणमा स्थान बनाएको थियो । चेल्सीको जितमा काई हाभर्टजले ह्याट्रिक पुरा गरेका थिए । उनी नै टोलीका लागि हतियार हुनेछ । हाभर्टजसँगै चेल्सीसँग टिमो वेर्नरको पनि साथ रहेको छ ।

चेल्सीसँग मासन माउन्ट ट्याम्मी अब्राहम, जगिन्हो, एङ्गोलो कान्टे, माटियो कोभासिस, मार्काे अलन्सो, थियागो सिल्भा र रिस जेम्सलगायतका खेलाडी हुनेछन् । यस्तै नयाँ गोलरक्षक इडुआर्ड मेन्डी र डिफेन्डर बेन चिलवेलले चेल्सीबाट डेब्यु गर्ने सम्भावना रहेको छ । खराब समयबाट गुज्रिरहेका किपा एरिजावालगालाई प्रशिक्षक फ्रान्क लाम्पार्डले बेन्चमा राख्ने सम्भावना छ ।

यता, टोटेनहम पनि घरेलु मैदानमा चेल्सीलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । चोटका कारण ग्यारेथ बेलले टोटेनहमबाट डेब्युको लागि कुर्नुपर्नेछ । ह्युङ मिन सनले पनि चोटका कारण खेल्ने सम्भावना न्युन छ । ह्यारी केन, लुकास मोउरा, जियोभानी लो सेल्सो, ह्यारी विङ्स, इरिक डाएर, बिन डेभिस, मात डोहर्थी र ह्युगो लोरिस टोटेनहमसँग रहनेछ ।

यि दुई टोलीको पछिल्लो २५ खेलको नतिजा हेर्दा इतिहास चेल्सीकै पक्षमा रहेको छ । चेल्सीले १३ खेलमा जित हात पार्दा टोटेनहम ५ खेलमा सफल भएको छ । ७ खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर