१३ असोज २०७७, मंगलवार

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा गर्ने प्रयोजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाको शेयर दाखिला खारेज बन्द गर्नेछ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट,  काठमाडौँमा हुने जनाएको छ ।

कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागी १९ लाख ३६ हजार ८ सय ४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर