
१३ असोज २०७७, मंगलवार
तीन वर्ष लामो समयसम्म रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा सरकारले डा दीपक भण्डारीलाई नियुक्ति गरेको छ ।
नार्कको कार्यकारी निर्देशक यमराज पाण्डेको कार्यकाल सकिएपछि सो पदमा कार्यकारी निर्देशक नियुक्ति हुन सकेको थिएन । तीनवर्षमा चार कृषि मन्त्री फेरिए तर कृषि अनुसन्धान परिषद्ले एक जना कार्यकारी निर्देशक पाउन सकेको थिएन ।
कृषि मन्त्री हरिप्रसाद पराजुलीको पालामा नियुक्ति पाएका यमराज पाण्डे उमेरहदका कारण अवकाश प्राप्त गरेसँगै परिषद्ले कार्यकारी निर्देशक पाउने सकेको थिएन । त्यसपछि आएका कृषि मन्त्रीहरु केही समय बामदेव गौतम, हरिवोल गजुरेल, रामकृष्ण यादव, गौरी शंकर चौधरी, चक्रपाणी खनालसम्मले निमित्त कै भरमा कृषि अनुसन्धान परिषद् सञ्चालन गरिरहेको थिए ।
तर, अहिले तीन वर्षपछि कृषि अनुसन्धान परिषद्को ऐन अनुरुप नै खुल्ला प्रतिष्पर्धाका माध्यमबाट सिफारिसमा परेका तीन जना मध्ये नार्कमा नै निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका दीपक भण्डारीलाई सरकारले आइतबार बसेको मन्त्रीपरिषद्को वैठकले कार्यकारी निर्देशकका रुपमा नियुक्ति दिएको हो ।