झिमरुक, १२ असोज

प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ ।


माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने ९मदनमणि लोकमार्ग० मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर