१२ असोज २०७७, सोमवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रा दिन आज (सोमबार) घटेको छ ।

नेप्सेका अनुसार सोमबार १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ भने नेप्से घटेर  १ हजार ५६० दशमलव ८३ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका समूहमध्ये डेभलपमेन्ट बैंक र फाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज वाणिज्य बैक समुहको सुचक चार दसमलव तीन अंकले घटेर १२ सय ५४ दशमलव ६१ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ४९ दशमलव ८३ अंकले घटेर सात हजार आठ सय आठ दसमलव १७ बिन्दुमा झरेको छ । यसैगरी लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलुक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ६३ प्रतिसतले बढेर दुई सय ३९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव १७ प्रतिसतले घटेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको हिमाल दोलखा हाईड्रो पावर कम्पनीको प्रतिकित्ता एक सय नौ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ३२ लाख ६३ हजार चार सय ५६ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर