
१२ असोज २०७७, सोमवार
रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।