१२ असोज २०७७, सोमवार

डोटी जिल्लाको आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भिरबाट लडेर मृतावस्थामा फेला परेका हुन्।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर