 
							१२ असोज २०७७, सोमवार
स्पेनमा १५ बर्षकि नेपाली चेलीको विहिवार मृत्यु भएको छ । भरतपुर महानगरपालिका ८ चितवन मूल घरभएकि  भविश्यता न्यौपानेको मृत्यु भएको हो । उनी वुवा आमा सगै सपरिवार स्पेनमा  स्पेनको कोष्टाब्लाङ्का स्थित आल्तियामा बस्दैआएकि थिईन  । केहि समय अगाडि देखि ढाड दुख्ने मुख दुख्ने र घाटीमा विविरा देखिएपछि स्थानिय अस्पतालमा पुगेकि थिईन । अस्पतालमा उनको ४२ दिनसम्म आईसीयूमा उपचार भैरेहकोमा विहिवार उनको मृत्यु भएको हो ।
सोमबार उनको स्पेनको आलिकान्तेमा नै अन्तिम संस्कार हुँदैछ । नेपाल स्पेन समाज कोष्टाब्लान्काले अन्त्येष्टिका लागि कागजी प्रक्रिया मिलाएको छ । शव ब्यवस्थापन तथा परिवारको सहयोगार्थ स्पेनका विभिन्न शहरहरुमा रकम संकलन भइरहेको छ । कोस्टा ब्लाङ्कामा मात्र झण्डै ६ हजार युरो संकलन भएको समाजका अध्यक्ष अकल बोहराले जानकारी दिए । एनआरएनए स्पेनले पनि मूल सहयोग समिति गठन गर्दै सहयोगका लागि संघसंस्थाहरुलाई आह्वान गरेको छ ।
अन्तिम संस्कार र श्रदान्जलीका लागि :-
मिति : सोमबार २८ सेप्टेम्बर २०२०
समय : १:०० देखि २:३० सम्म
स्थान – Tanatorio Crematorio
Marina Baixa
Ctra. Nacional 332 km 142,3,
03570 Villajoyosa, Alicante


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com