१२ असोज २०७७, सोमवार

भदौँ १५ गते देखि हराईरहेका पाल्पाका एक युवक मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको रम्भा गाउँपालिका–०३, सिखरडाँडा बस्ने ३३ वर्षका राजकुमार थापामगर मृत अवस्थामा फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।
भदौँ १५ गते जंगलमा दाउरा लिन भनी हिडेका थापा आइतबार घर नजिकै गएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले वताएको छ ।
थापा हराएदेखि नै पहिरोमा पुरिएको आशंकामा शसत्र प्रहरी र स्थानीय बासिन्दाले खोजविन गरेका थिए । यद्यपी उनको शब फेला पर्न सकेको थिएन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर