११ असोज २०७७, आइतवार

नेपाली मजदुर एकता समाज गोवा राज्य समितिले नारायण देवकोटाकी श्रीमति खिमा देबकोटालाई सहयोग हस्तान्तरण गरेको छ । दाङ बबइ गाउँपालिका बडा नम्बर ६ पंचकुले कट्कुवाका ४६ बर्षिय नारायण देवकोटाले ७ दिनअघि भारतको गोवामा आत्महत्या गरेका थिए ।

समिति मंगलवार देवकोटाकी श्रीमतिलाई नगद तीस हजार सहयोग हस्तान्तरण गरेको हो । नेपाली मजदुर एकता समाज गोवा राज्य समितिका इन्चार्ज प्रेम सिर्पाली, अध्यक्ष गणेश चन्द, उपाध्यक्ष राम रावल, महासचिब कुँवेर केसी, कोषाध्यक्ष श्रीराम वली, सदस्य कुल बहादुर भण्डारी र सामाजिक अभियान्ता होमराज केशीको उपस्थितिमा सहयोग गरिएको थियो । मृतक देवकोटाका १ छोरा र १ छोरी छन् ।

प्रवासमा अलपत्र परेका नेपाली मजदुरहरुको हक र हितका निम्ति आवाज उठाउँदै आएको नेपाली मजदुर एकता समाज भारत सधैं मजदुरका समस्यालाई समाधान गर्न पछि नहट्ने नेपाली मजदुर एकता समाज भारत समितिका महासचिब धर्मेश खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर