पदम केसी
दल्ली जाजरकोट

११ असोज २०७७, आइतवार
नलगाड नगरपालिका -७, दल्ली जाजरकोटका नन्दराम चनाराले ठेका बनाएर वर्षमा २ लाख रुपैया आम्दानी गदै आएका छन् ।
ठेका बनाएर उनले दैनिक ९ सय रुपैयासम्म कमाउने गरेको उनले बताए ।
आफ्ना बुवा बाजेले ठेका बनाउने काम गरेको र आफुले पनि पुर्खेली पेशालाई निरन्तरता दिएको उनको भनाई छ ।
उनलाई ठेका बनाउने सीप बुवाले सिकाएका थिए । बुवाले सिकाएको त्यही सीप अहिले ६ जनाको परिवार पाल्ने गतिलो आधार भएको नन्दराम बताउँछन् ।उनले १५ बर्षको उमेरदेखि नै ठेका बनाउन थालेका थिए । उनले अहिलेसम्म करिब ३५०० बढी ठेका बनाएका छन् ।
उनले साना ठेका एक दिनमा २ वटा र ठुला ठेका एउटा बनाउँछन् ।
उनी भन्छ्न, ठेका बनाउँदै जादा तयार भैसकेको ठेका फुट्छ्न, कतिपयले किन दुख गर्नु हुन्छ ठेका फुट्छ मेहेनेत खेर जान्छ भन्छन तर मनले मान्दैन् ।
दुई छाक टार्ने भनेको ठेका बनाएर नै हो जति पटक फुटे पनि त्यति पटक बनाउनुको विकल्प हुदैन उनी भन्छन् ।
किसानकै कारण आफ्नो पेशा पनि पस्टाएको उनले बताए ।
उनको लोभलाग्दो आम्दानी देखेर नलगागाड नगरपालिकाका धेरैजसो चनारा परिवारका युवाहरु ठेका बनाउन थालेका पनि उनले बताए ।
उनले बनाएका गिठीका ठेकामा किसानहरुले दुध, दही, ध्यू, मही, अन्नपात राख्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर