११ असोज २०७७, आइतवार

लन्डन ।सामाजिक अभियन्ता तथा प्रवासी नेपाली एकता समाजका केन्द्रिय सदस्य कृष्ण भण्डारीलाई मातृशोक परेको छ । एनआरएनए वेल्स राज्य समिति अध्यक्ष समेत रहेका भण्डारीका आमा लोमकला भण्डारीको शुक्रबार बिहान बुटबलमा निधन भएको हो ।


७० बर्षिय लोमकला किड्नीको विमारी थिइन । स्याङजा चापाकोट नगरपालिका-९ घर भएकी स्वर्गिय भण्डारीले समाजसेवामा सकृय थिइन । वेल्समा रहेका छोरा भण्डारी कोरोनाका कारण तत्काल नेपाल जान सकेनन् ।

यसैवीच, प्रवासी नेपाली एकता मंच यूकेले स्वर्गिय भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जलि व्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले शनिबार एक शोक वक्तव्य जारी गरि स्वर्गीय भण्डारीको आत्माको चिरशान्तिको कामना गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर