१० असोज २०७७, शनिवार
लकडाउन भएपछि ७ महिना पूर्ण रुपमा ठप्प रहेको फिल्म क्षेत्रमा केही दिनयता चहलपहल सुरु भएको छ ।  एक कार्यक्रमका बीच फिल्म ‘हिँडदा हिँड्दै’ घोषणा भयो । अहिले अन्य निर्माता तथा निर्देशकहरुले पनि सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरिरहेका छन् । लकडाउनयता मात्र चलचित्र विकास बोर्डमा १८ वटा नयाँ फिल्म दर्ता भएका छन् ।
‘खलनायक २, कृष्ण लीला, आँधी तुफान २, नाईं नभन्नू ल ६, सत्यम्, हिँडदा हिँड्दै, चिसो मान्छे, रुम नम्बर १०८, झ्यानाकुटी २, आइ एम ट्वान्टिवान’ लगायतका फिल्म छायांकन अनुमति पाउन साथ फ्लोरमा निस्कनका लागि तम्तयार छन् ।
स्वास्थ्य सुरक्षा अपनाएर फिल्म निर्माण गर्न निर्माता तथा निर्देशक तयार भए पनि कोरोनाको संक्रमण फैलिने डरले सरकार फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ । जसले गर्दा घोषणा भएका दर्जनौं नयाँ फिल्मको छायांकन अन्योलमा परेका छन् । यद्यपि, असोज दोस्रो हप्ताबाट सरकार फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्ने तयारीमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर