१० असोज २०७७, शनिवार
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध ६० एम्पुल फेनारगन, ६० एम्पुल डाईजोपाम र ६० एम्पुल लुपिजेसिक सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी कृष्णसबरन गाउँपालिका-१ बस्ने ३१ वर्षीय प्रबेश मिया र उनकै श्रीमती २६ वर्षीया हजारुम खातुन रहेका छन् । लागूऔषध बिक्री गर्नको लागि भारतबाट उदयपुरतर्फ ल्याईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, त्रियुगा नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ३५ एम्पुल फेनारगन, ३५ एम्पुल डाईजोपाम, ३५ एम्पुल लुपिजेसिक सहित त्रियुगा नगरपालिका-१२ बस्ने १९ वर्षीय रजामुदिन अन्सारी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध ल्याई किनबेच भईरहेको भन्ने खबर प्रात हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका-४ नमुना चोकबाट नियन्त्रित लागूऔषध २१ ट्याब्लेट नाइट्राभेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चौदण्डीगढी नगरपालिका-६ लाफा चोक बस्ने २० वर्षीय जुजुहाङ राई, सोही नगरपालिका-७ साकेला चोक बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका लामे चौरी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कबाट ११ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-३ बस्ने २४ वर्षीय बिशाल राजबंशी र सोही ठाउँ बस्ने १५ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध  नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ स्थित भगवान चोकबाट करिब १० ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रदिप राजबंशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।


प्रतिक्रिया

सम्बन्धित खवर